Saturday, 2 Nov 2024
  • 日本語
  • English

हाम्रो बारेमा

म जापान बिद्यार्थी भएर पहिलो पटक २०५८ सालमा जादा जापानमा अत्यन्तै कम बिदेशी थिए , भाषाको अज्ञानताको कारणले गर्दा पार्ट टाइम पाउनु अत्यन्तै दुर्लभ जस्तै थियो , तर आज जापान धेरै परिवर्तन भएको छ । लाखौ को संख्यामा बिदेशी बिद्यार्थीहरु अध्ययन गर्दै छन भने बिदेशी बिद्यार्थीलाई नै लक्षित गरि पार्ट टाइम खोजिदिने कम्पनी पनि प्रसस्तै जापानमा भेट्न सकिन्छ।
हाम्रो यो स्कुल जापानमै अध्ययन गरी फर्केको टिम द्वारा संचालन भएको अनि नेपाल सरकार शिक्षा मन्त्रालय बाट पनि स्वीकृति प्राप्त संस्था हो। हामीले बिद्यार्थीको उज्वल भबिस्यका निम्ति बिद्यार्थीलाई के सल्लाह दिदा राम्रो हुन्छ भन्ने एकिन गरिकन सल्लाह दिने गरेका छौ। यहा बाट गएका बिद्यार्थीहरु धेरै भन्दा धेरै जापानमा उच्च शिक्षा हासिल गरुन अनि केहि नया कुरा सिकेर देशक निम्ति योग्य नागरिकको रुप मा प्रस्तुत होउन भन्ने मेरो चाहना छ ।
मैले धेरै बिद्यार्थीलाई जापान अध्ययन गर्न परामर्श गर्ने भन्दा पनि योग्यलाई मात्र सेवा दिनु पर्छ भन्ने कुरा मा विश्वास गर्दछु। तपाई पनि आफु जापान जाने बारेमा सोच्दै हुनु हुन्छ भने एक पटक अवश्य किजुना जापानिज स्टडी सेन्टर मा आउनु हुन अनुरोध गर्दछु।

थानेश्वर भण्डारी
Founder